Interaction with MPs on Progress and Obstacles of Melamchi Water Supply Project

मेलम्ची आयोजना बारे सांसदहरुसँग अन्तक्र्रिया

काठमाण्डौं, २२ पुुष

चीर प्रतिक्षित मेलम्ची आयोजनाकोको विभिन्न पक्षबारे काठमाडौं उपत्यकाका सांसदहरु र आयोजना कार्यान्वयनमा सरिक निकायहरुका बीच शुुक्रबार अन्तक्र्रिया सम्पन्न भयो । आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौ उपत्यका खानेपानी लिमिटेडको आयोजनामा सम्पन्न कार्यक्रममा उपत्यकाका २१ जना सांसदहरु सहभागी हुनुहुन्थ्यो ।

यस क्रममा उपत्यकामा पानी वितरण तथा मेलम्ची आयोजनाका विभिन्न पक्षहरुका बारेमा छलफल भएको थियो । कार्यक्रममा काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणा, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराई, आयोजना कार्यान्वयन निर्देशनालयका उप निर्देशक अनिल भद्र खनाल तथा केयुुकेएलका महाप्रबन्धक महेश भट्टराईले विभिन्न आयोजना र पानी वितरणका विभिन्न पक्षबारेमा जानकारी गराउनुुभयो ।

आउँदो २०७४ असोजभित्र मेलम्चीको पानी उपत्यकामा भित्र्याउने लक्ष्यसाथ काम भइरहेको छ । यसका लागि आवश्यक संरचनाहरुको निर्माण जोडतोडले भइरहेको छ । मेलम्चीको पानी सुन्दरीजलमा प्रसोधनका लागि निर्माणाधीन पानी प्रसोधन केन्द्रको कार्य पनि हाल ९६ प्रतिशत सकिएको छ । आायोजनाले मेलम्चीको पानी उपत्यकामा आउनु अगावै आगामी वर्षात्मा बाग्मतीको पानी सुन्दरीजलबाट नयाँ प्रणालीमा पठाएर परीक्षण गर्ने भएको छ । यसका लागि सबै तयारीहरु भइरहेको छ ।

उपत्यका भित्र पाइपलाइन विस्तार गरिरहेको आयोजना कार्यान्वयन निर्देशनालयले वितरण प्रणाली संजाल सुधार कार्य अन्तर्गत कूल ६७० कि।मि मध्ये हाल सम्म ४८६।२९८ कि।मि सम्पन्न गरेको छ । त्यसैगरी थोक वितरण प्रणाली निर्माण कार्य तर्फ कूल ६०।६ कि।मि मध्ये हाल सम्म ३५।०२१ कि।मि सम्पन्न गरेको जानकारी गराएको छ । पानी पोखरी निर्माण कार्य तर्फ ६ वटा, कूल क्षमता ५०,००० घ।मी क्षमताका पोखरीहरुको निर्माण कार्य ७० प्रतिशत सम्पन्न भइसकेको छ । ती प्रणालीहरु आगामी असोज अगावै पुरा गर्ने तयारीमा कार्य भइरहेको छ । मेलम्चीको पानी नयाँ प्रणालीबाट घर घरमा वितरणका लागि कूल ८३,५७३ घरधुरीमा धारा जडान गर्नुपर्नेमा हालसम्म ३२,८७३ घरमा धारा जडान भइसकेको छ ।

कार्यक्रममा सांसदहरुले काठमाडौंमा पानी वितरणका विभिन्न पक्षहरुका बारेमा प्रश्न राख्नुुभएको थियो। अन्तक्र्रियाको क्रममा सांसदहरुले काठमाडौको चक्रपथ भित्र मात्र पानी वितरण नगरेर चक्रपथ बाहिरका क्षेत्रलाई पनि ध्यानमा राख्न आग्रह गर्नुभयो । उहाँहरुले मेलम्चीको पानीले उपत्यकाको पानी आपूर्ति पूर्ण रुपमा समाधान हुने नहुने बारेमा पनि जिज्ञासा राख्नुुभएको थियो । सांसदहरुले उठाएका प्रश्नका बारेमा प्रस्तोताहरुले जवाफ दिनुुभएको थियो ।

कार्यक्रमका सभापति खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिपक खड्काले मेलम्ची आयोजनालाई चाँडो सम्पन्न गर्न हरसम्भव प्रयास गर्ने बताउनुुभयो आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तिरेश प्रसाद खत्रीले पाइपलाइनको कार्य गर्दा बढिरहेको धुलो नियन्त्रण गर्न विभिन्न कार्यहरु सुरु गरिएको बताउँदै खनिएको क्षेत्रमा तीन दिनभित्र अस्थायी रुपमै भएपनि सडक पुनर्स्थापनाको कार्य गरिन थालेको बताउनुुभयो ।

2019-01-09
Last updated 3 mins ago